काठमाडौं। एमाले कोशी प्रदेशका सांसद रेवतीरमण भण्डारीले सत्ता पक्षले उपसभामुख सिर्जना दनुवारको स्वास्थ्यमाथि प्रश्न गरेको आरोप लगाएका छन् ।
सांसद भण्डारीले उपसभामुखको स्वास्थ्यमा समस्या आउँदा संवैधानिक तरिकाले उपचार गर्न गएको बताउँदै सत्ता पक्षले अनैतिक प्रश्न गरेको बताए ।
यस्तै, उनले सभामुख उद्धव थापा मुख्यमन्त्री बन्न योग्य नभएको बताए । ‘सभामुखको पद छँदाछँदै तपाई त प्रदेशको मुख्यमन्त्री हो भनेर हस्ताक्षर गरेको इतिहास कसैले बिर्सिदैन,’ उनले भने, ‘मैले भनेको होइन, यो सर्वोच्च अदालतका तीनजना न्यायाधीशले भन्नु भएको हो ।’
उनले मुख्यमन्त्रीले विश्वासको मत पाउन नसक्ने दाबी गरे । उनले भने, ‘हामी ४७ जना छौँ भन्नु भएको छ, मुख्यमन्त्रीले विश्वासको मत पाउनुभयो भने हामी बधाई दिन्छौँ नि !’




