कोशी प्रदेश

कोशी प्रदेश नामाकरणका विषयमा माओवादीलाई पछुतो

काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश नामाकरणका विषयमा पछुतो भएको बताएको छ । माओवादीकेन्द्रले विगतमा कोशी प्रदेशको नामाकरणका विषयमा मतदान गरेको ठूलो गल्ति भएको भन्दै बहुपहिचानका आधारमा पुनः नामाकरण गर्नुपर्ने धारण राखेको छ ।

माओवादीले आफ्ना निर्णय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पनि नामकरणको विषयमा उल्लेख छ । ‘प्रदेश नामकरण सम्बन्धमा पार्टी र संसदीय दलले गरेको कमजोरीप्रति गम्भीर समीक्षा र आत्मालोचना सहित १ नं. प्रदेशको नाम बहुपहिचानको आधारमा पुनः नामाङ्कन गर्न हाम्रो पार्टी, दृढताका साथ प्रतिबद्धता व्यक्त गर्दछ,’ विज्ञप्तिको ३ नम्बर बुँदामा उल्लेख छ ।

माओवादी केन्द्र प्रदेश समितिमा यो विषयमा गम्भीर छलफल भएको भन्दै माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका विरुद्ध धेरै नेताहरुले आपति जनाएका थिए । यस विषयमा आङ्बोले आँफूबाट यस्तो गल्ति नभएको भन्दै केन्द्रबाट नै यस्तो सहमति भएको जवाफ दिएका छन ।
पाटीको सहमतिमा बहुमतबाट नै मतदान भएको भन्दै आँफूमाथि आरोप नलाउन पनि उनले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । कोशी प्रदेश माओवादीले अब विगतमा भएका कम्जारीहरुलाई सच्याएर जानुपर्ने धारणा प्रस्तुत गरेका छन् ।

बैठकमा प्रदेश नामाकरणका विषयमा विभिन्न प्रश्न उठेपनि अहिले विवादलाई लिएर समस्या समाधान नहुने बताउँदै आगामी दिनमा सहकार्य गरेर अगाडी बढ्नुपर्ने निष्कर्षमा पुगेको माओवादी । २०७९ फागुन १७ गते प्रदेशसभाको बैठकबाट प्रदेशको नाम कोशी भएको हो । एमालेले राखेको उक्त प्रस्तावमा माओवादीले पनि सहमति जनाउँदै मतदान गरेको थियो । तर, उक्त नामको विषयमा आन्दोलन चर्किदै गर्दा माओवादी सत्ताकेन्द्रीत बन्न थालेको ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *