कोशी प्रदेश

कोशी प्रदेशका मुख्यमन्त्रीले भदौ ४ गते विश्वासको मत लिने

काठमाडौं।कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिने भएका छन् । उनले भदौ ३ गते आइतबार विश्वासको मत लिन प्रदेशसभा सचिवालयलाई जानकारी गराएका थिए ।

मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने तयारी गरे पनि उपसभामुख सृजना दनुवारले सोमबारका लागि मिति तोकिदिएकी हुन् ।

पहिलो पटक मुख्यमन्त्री बनेको एक महिनामा थापाको पद सर्वोच्च अदालतले खारेज गरिएको थियो । त्यसपछि उनी पुनः मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *