कर्णाली प्रदेश

तीन महिनामा तेस्रोपटक विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वास मत लिने भएका छन् ।

मुख्यमन्त्री शर्माले विश्वासको मतका लागि आज निवेदन दर्ता गराएका हुन् ।

उनले आगामी १५ गते शुक्रबार संसदबाट विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएको प्रदेश सभा सचिव सचिवराज बुढाथोकीले जानकारी दिए ।

चैत २७ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । यो सँगै मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत लिने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *