तनहुँ । तनहुँ १ मा कांग्रेस उम्मेद्वार गोविन्द भट्टराईलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । जिल्ला आचारसंहिता अनुमगन समितिले भट्टराईलाई मौन अवधिमा भ्वाइस म्यासेजमार्फत मत मागेको भन्दै २४ घन्टे स्पष्टीकरण सोधेको हो ।
भट्टराईले ९८८०२९८८०२ नम्बरको मोबाइलको भ्वाइस म्यासेजमार्फत मत मागेको उजुरीको आधारमा मत स्पष्टीकरणमा सोधिएको हो । ‘सो सम्बन्धमा आचारसंहिता प्रतिकूल हुने गरी मत माग्नु भएको हो होइन ? २४ घन्टाभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफै वा प्रतिनिधिमार्फत उपस्थित भई स्पष्टीकरण पेस गर्नु,’ समितिले पत्रमा भनेको छ ।





