काठमाडौं । लुम्बिनी प्रदेशमा लीला गिरी नेतृत्वको सरकारमा सहभागी राजनीतिक दलहरूले सरकारबाट हटेर नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन्।
सरकारमा सहभागी ६ राजनीतिक दलले राजीनामा बुझाएर प्रदेश प्रमुख अमिक शेरचन समक्ष ५३ सांसदको हस्ताक्षरसहित कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्ति गर्न निवेदन पेश गरेका हुन् ।





