काठमाडौँ । नेपाली काँग्रेसका नेता एवम् पूर्व राज्यमन्त्री दीपक खड्काले समृद्ध संखुवासभा निर्माणका लागि आफू संखुवासभामा निर्वाचन लड्न लागेको बताएका छन ।
संखुवासभाका युवाले काठमाडौँको लैनचौर व्याङ्वेटमा आयोजना गरेको ‘युवासँग दिपक खड्का’ कार्यक्रममा बोल्दै संखुवासभामा नेताभन्दा कुशल नेतृत्वको आवश्यकता परेको बताएका हुन ।
ईमान्दार र मेहेनत गरी राजनीति गर्ने र जनताको भावनालाई नेतृत्व प्रदान गर्न सक्ने मानिसको खाँचो रहेको बताए र त्यस खाँचोलाई टार्न फेरी पनि आफू नेतृवमा आएर पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
संखुवासभालाई पहाडी क्षेत्र तथा जिल्लामा उत्कृष्ट बनाउन स्थानीयवासी एक हुनपर्ने र गेम चेञ्जर विकासको मोडालीटीमा काम गर्नुपर्ने उनको भनाई छ । उर्जा, पर्यटन कृषि, जड़ीबुटी क्षेत्रमा प्रचुर सम्भावना बोकेको संखुवासभामा यी क्षेत्रको विकास हुन नसकेको र यहाँ भएका स्थानीय स्रोत साधनको उचित परिचालन गरी त्यस ठाउँको विकास गर्न आफूले उमेद्धार बन्न लागेको बताए ।

संखुवासभा ऊर्जा क्षेत्रमा सम्भावना बोकेको जिल्ला भएकाले त्यस क्षेत्रको विकास र समृद्धको लागि सबै संखुवासभावासी एक भएर अगाडी बडढ्नुपर्ने धारणा राखे । यस जिल्लामा बनेका जलविद्युत आयोजनाबाट हरेक घरधुरीले इक्यूटी सेयर ५ प्रतिशत र डाइरेक्ट शेयरमार्फत २० लाख सम्म २ देखी ३ प्रतिशत ब्याजदरमा ऋण दिनुपर्ने भनी सरकारलाई आग्रह गर्ने उनले गरे ।
नेता खड्काले संखुवासभालाई एक नमूना जिल्लाको रूपमा स्थापित गर्न त्यहाँका सबै जनताको साथ र सहयोगको आवश्यकता रहेको बताए। उर्जा, कृषि, यातायातको क्षेत्रमा नेतृत्व गरेर ती क्षेत्रबाट स्थानीय जनतालाई आयआर्जनसँग जोडेर लोभलाग्दो संखुवासभा बनाउने उद्देश्य रहेको बताए । संखुवासभामा रहेको किमाथान्काको नाका लाई खोलेर १२ महिना नै यहाँ उत्पादन भएका वस्तूलाई चाइना र इण्डिया निर्यात गर्न सकिने उनले बताए । साथै त्यो नाकाबाट वार्षिक ३ देखि ४ लाख आन्तरिक तथा वाह्य पर्यटनलाई फ्लो गर्न सकिने उनले बताए ।
खड्काले संखुवासभाका युवालाई ईमान्दारी, मेहनत र राम्रो शिक्षा हासील गरेर राजनीतिमा प्रवेश गर्नुपर्ने र जागीर भन्दा पनि उद्यम तथा व्यवसाय लाग्न सुझाव दिए । उनले सफलता प्राप्त गर्नका लागी मेहनत इमान्दारीता, लगाव र लगनशिलता चाहिने र स्थानीय स्रोत साधनको परिचालन कसरी गर्नुहुन्छ भन्ने विषयले पनि फरक पार्ने उनले बताए ।
उनले संखुवासभामा उत्पादन हूने वस्तुले राम्रो बजार नपाएको र उचित बजार नभएको व्यवस्थापन नभएको खण्डमा किमाथान्काको नाकाले धेरै सहज हुने उनले बताए। नेता खडकाले संखुवासभामा विकास र समृद्ध ल्याउनका लागी नयाँ अनुहार भन्दापनि दक्ष, क्षमतावान र अनुभवी मान्छेको आवश्यकता रहेको समेत बताए ।





