काठमाडौं । गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ ।
गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।




