काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाल ढिलो वा चाँडो, एउटा वा अर्को रुपमा श्रीलंकाको अवस्थामा पुग्ने बताएका छन् ।
फेसबुकमार्फत नेता श्रेष्ठले अहिले नै नेपाल श्रीलंकाको अवस्थामा पुगिनसकेको भए पनि कुनै पनि बेला श्रीलंकाको जस्तो अबस्था आउने दाबी गरेका हुन् ।
उनले लेखेका छन्, ‘हामी अहिले नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं । यो सही नै हो। तर तीतो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचार, सिद्धान्त, एवं मूल्यविहीन भ्रष्ट स्वार्थी राजनीतिको बोलवाला, कुशासन, भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालीकृत सत्ता, समस्या समाधानप्रतिको गैर जिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो, एउटा वा अर्को रुपमा पुर्याउने त्यतै हो ।’
श्रीलंकामा अहिले राष्ट्रपति भागेका छन् भने प्रधानमन्त्रीको कार्यालयमा सर्वसाधारणले आगजनी गरेका छन् ।



