राजनीति

भातृ संगठनको विधान स्वीकृत गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाको विधानलाई स्वीकृत गरेको छ ।

आज बसेको पदाधिकारी बैठकले विधान स्वीकृत गरेर सोमबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय गरेको हो । बैठकले आदिवासी जनजाति महासंघ, थारू संघलाई भ्रातृ संस्थाको मान्यता दिँदै विधानलाई स्वीकृत गर्ने निर्णय समेत गरेको छ।

शुभेच्छुक संस्थाका रुपमा नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ, नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ, नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय संघलाई शुभेच्छुक संस्थाका रुपमा मान्यता दिने निर्णय समेत गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *