काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निर्वाचन आयोगले तीन दिने स्पष्टीकरण सोधेको छ ।
कांग्रेसले गरेको कार्यक्रममा सरकारी गाढी चढेर गएको समाचार सार्वजनिक भएको भन्दै आयोगले मुख्यमन्त्री पोखरेललाई स्पष्टीकरण सोधेको हो । आयोगले तिन दिनभित्र जवाफ दिन भनेको छ ।
निर्वाचन आचार संहिता अनुसार प्रदेश सरकार मुख्यमनत्री वा मन्त्रीले आफैं उम्मेदवार भएको अवस्थामा बाहेक कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने व्यवस्था रहेको आयोगले सम्झाएको छ ।




