राजनीति

चाँगुनारायण नगर प्रमुखमा जीवन खत्री नै किन ?

भक्तपुर । नेपाली कांग्रेसको राजनीति बृतमा चर्चित नाम हो जीवन खत्री । चाँगुनारायण नगरपालिका वडा नम्बर ७ बागीश्वरी निवासी खत्री चाँगुनारायण नगरपालिकाको प्रमुख (मेयर) पदका आकांक्षी पनि हुन् । लोकप्रिय युवा नेता खत्री चागुनारायणबासीले सार्वधिक रुचाएका व्यक्ति हुन ।


हुन त सानैदेखि एउटा न एउटा नयाँ केही गरेर देखाउने खत्री भक्तपुर क्याम्पसमा स्वबियू सदस्यबाट एकै पटक स्वबियू सभापति जितेका थिए । यस्तै बाह्रौ महाधिबेशनमा पार्टीको क्षेत्रीय सचिव जितेका खत्री तेह्रौमा क्षेत्रीय सभापति निर्वाचित भए । अघिल्लो स्थानीय तहमा दावी नगरेका खत्रीले एकै पटक प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्यको उमेदवार बनेका थिए। उप–निर्बाचनमा उनले दाबी गरेनन । जस कारण पनि त्यागी नेताको रुपमा परिचित छन ।


कांग्रेस परिवारमा जन्मिएका खत्री नेपाल विद्यार्थी संघको राजनीतिबाट राजनीति शुरु गरेर स्वबियु सदस्य,स्वबियु सभापति, जिल्ला सभापति हुँदै केन्द्रीय सदस्य सम्मको जिम्मेवारी प्राप्त गरे ।

पार्टीको राजनीतिमा क्षेत्रीय सचिब हुँदै तेह्रौं महाधिबेशनमा भक्तपुर क्षेत्र नम्बर १ को सभापति र दोस्रो कार्यकाल चौधौं महाधिबेशनमा पनि भक्तपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति निर्वाचित बने ।

देश संघीयतामा गईसकेपछि भएको पहिलो निर्बाचनमा भक्तपुर क्षेत्र नम्बर १ क चाँगुनारायण क्षेत्रबाट प्रदेश सभा सदस्यमा उमेदबार बनेका थिए । नेकपाको गठबन्धनसँग थोरै मतले पराजय भोगेका खत्रीले जीवनमा लडेका चुनाबमा कहिल्यै हार खानु परेको थिएन ।
?
२०५२ सालबाट भक्तपुर क्याम्पसमा नेबिसंघको राजनीति सुरु गरेका खत्रीले २०५५ सालमा भएको स्ववियू सदस्य पदमा जितेका थिए। २०५७ सालमा सभापति जिते। यसरी खत्रीले भक्तपुर नेविसंघको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्यसम्म भए। संगठनमा पनि क्षेत्रीय सचिब र क्षेत्रीय सभापति जितेका खत्री प्रदेश सभा सदस्यमा भने पराजय भोगे। खत्री सधैं जीत मात्र लिएर हिँडेका एकाएकको पराजयले उनी हतोत्साहि भएनन्।


संगठन सुदृढीकरणमा लागिरहे। चुनाबमा कसैले घात गरेको भनेर कसैलाई पनि आरोप लगाएनन् । आफ्नै कमी कमजोरी र दौडधुप नपुगेको स्वीकार्दै अघि बढे। उनलाई हराउने उम्मेदवारको अकल्पनीय निधनले प्रदेश सभा सदस्यको पद खाली रह्यो। सरकारले उपचुनाब गरायो ।
?
अघिल्लो उमेदवार हारेकाको पालो आउने अधिकारै रहेपनि आफ्नो उमेदबारी दावी गरेनन् । आफ्नो पार्टीको उमेदबारलाई दिलो ज्यान दिएर चुनाब जिताएरै छाडे । आफ्नो काम तिर अत्याधिक लगाब राख्ने खत्री कुशल संगठन कर्ता मात्र नभई त्यागी नेता पनि भएको कार्यकर्ताहरू बताउँछन्।

यातायात संघको जिल्ला अध्यक्ष समेत भएका खत्री विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भएर पछिल्लो समयमा आफूलाई समाज सेवामा लगाई राखेका छन् ।
?
खत्री यस पटक भने आसन्न स्थानीय निर्बाचनमा चाँगुनारायण नगरपालिकाको आकांक्षी हुन् । उनीसँगै धेरैले मेयर पदमा दाबी गरेका छन्। अरु आकांक्षी भन्दा चर्चामा रहेका खत्री अप्रत्यासित रुपमा प्रदेश सभाको टिकट पाएको कारण प्रदेश सभामा आफ्नो हार भएको स्वीकार्दै यसपटक प्रदेश सभा अग्रजहरूलाई छोडेर स्थानीय चुनाबमा मेयर पद दाबी गरेको खत्री बताउछन् । आफूले चाँगुनारायण नगरपालिकालाई बिश्वसमु चिनाउन एउटा खाका तयार गरिसकेको बताउँछन् ।


चागुनारायण नगरलाई पर्यटकीय गन्तव्य बनाउने, शिक्षा, स्वास्थ्य र रोजगारीको ब्यबस्था उनको योजना छ । कृषिलाई परम्परागत भन्दा नि आधुनिक कृषि प्रणालीको बिकास गरी नगदेबाली लगाउन प्रेरित गर्ने, खानेपानी ,सडक र खानीलाई ब्यबस्थित बनाउने लागि पर्ने उनी बताउँछन्। बढ्दो सहरिकरणलाई रोकेर ब्यबस्थित सहर निर्माणमा जोड दिने उनले बताए ।
जनतालाई सुशासनको प्रत्याभुति दिलाउन कुनै पनि पार्टीको कार्यकर्ता भएको आधारले भेदभाब नगर्ने खत्रीले बताए । स्थानीय निर्बाचनमा मनोनयन गर्ने दिन नजिकिँदै गर्दा सबै टिकटको दौडधुपमा ब्यस्त हुँदा खत्री भने स्थानीयको समस्या बुझ्न तिर लागेका छन्। क्षेत्रीय सभापति समेत रहेका खत्री भन्छन् ,“ टिकटको लागि पार्टी कार्यालय हैन स्थानीय जनताका घर दैलोमा जानुस्। जनताले बिस्वास गरेकैलाई पार्टी बिश्वास गरेर टिकट दिने हो। म पनि घर दैलोमै पुगिरहेको छु। मैले पहिले पनि त्यागेकै हुँ । यसपाला पनि त्याग गर्न तयार छु। तै पनि जनताले रुचाएका छन्। जनताको काम गर्नाका लागि पनि मैले जनप्रतिनीधि हुनै पर्छ। त्यसैले मेयर पदमा उमेदबारी दाबी गरेको हुँ।
(कुराकानीमा आधारित)

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *