राजनीति

रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर एमाले प्रवेश गरेको एक दिनमै माओवादीमा फर्किए

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले दुई दिनबीच दुई पटक पार्टी परिवर्तन गरेका छन् ।

एमालेबाट माओवादी प्रवेश गरेर गाउँपालिका अध्यक्ष बनेका डल्लाकोटी केहीदिनअघि मात्रै फेरि एमालेमै फर्केका थिए ।

सोमबार विहानसम्म नेकपा माओवादी केन्द्रमा रहेका उनी दिउँसो नेकपा एमालेमा प्रवेश गरेका थिए भने मङ्गलबार दिउँसो फेरि नेकपा माओवादी केन्द्रमा फर्किएका हुन् ।

सोमबार एमाले अध्इक्ष केपी ओली निवास पुगेर एमाले प्रवेश गरेका पित्तबहादुरलाई माओवादी अध्यक्ष प्रचण्डले खुमलटारमा भेटेपछि उनी फेरी माओवादीमै रहेको बताएका हुन् ।

धादिङका १३ पालिकामध्ये माओवादीबाट निर्वाचित एकमात्र प्रमुख रहेका उनलाई एमाले प्रवेश गर्नबाट रोक्न अध्यक्ष प्रचण्डले फोन समेत गरेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *