राजनीति

स्थानीय तह निर्वाचनमा कांग्रेसलाई जिताउन नेपाली जनसम्पर्क समिति मलेसियाले सुरु गर्‍याे प्रचार प्रसार

काठमाडौं।नेपाली जनसम्पर्क समिति मलेसियाले स्थानीय तह निर्वाचनको प्रचार प्रसार अभियान सुरु गरेको छ । समितिले सातै प्रदेशमा संयोजक तोकेर मलेसियाबाट प्रचार प्रसार अभियान सुरु गरेको हो ।

नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनीको सभापतित्वमा बसेको बैठकले स्थानीय चुनाव प्रचार प्रसारका लागि सात वटै प्रदेश संयोजक तोक्नुका साथै मलेसियाका प्रमुख सरहमा समेत प्रतिनिधि खटाएर चुनावको प्रचार प्रासर सुरु गरेको छ ।

बैठकले मलेसियाबाट सातै प्रदेश हेर्ने गरि प्रदेश नम्बर १ मा दीपक तामाङ,मधेस प्रदेशमा घनश्याम चौधरी, बागमती प्रदेशमा कमल गौतम, गण्डकी प्रदेशमा हरिप्रसाद कोइराला, लुम्बिनी प्रदेशमा इन्द्रप्रसाद भण्डारी,कर्णाली प्रदेशमा लालबहादुर खड्का र सुदुपश्चिम प्रदेशमा टेकबहादुर टमोटालाई संयोजकको जिम्मेवारी दिएको छ ।

यसै गरी मलेसियाका प्रमुख शहरहरु क्वालालम्पुरको संयोजकमा राम चाम्लिङ राई र तेजकुमार राई, जोहोरबारुको संयोजकमा राकेश कुमार महत,मलक्का मुहर बातुपहाडको संयोजकमा रुद्र बुढाथोकी, कोतरायको संयोजकमा गणेश राउत, केलाङ पोटकेलाङको संयोजकमा जयराम तिमल्सिना, चेरास आम्पागंको संयोजकमा गजेन्द्रजंग शाह, इपो पेनाङको संयोजकमा गणेश श्रेष्ठ, सेरेम्बन र केमरुन हाइल्याण्डको संयोजकमा सन्तोस रिजाल ,रावाङको संयोजकमा अन्जु रेग्मी, काजांङको संयोजकमा चमेली लम्साल र महिला संयोजक इन्दु बस्नेतलाई तोकेको समितिका सभापति पंगेनीले संकल्प खवरलाई जानकारी दिए ।


नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित‘घर घर जाउँ कांग्रेस जिताऊ’ अभियान संञ्चालन गरिरहेका बेला जनसम्पर्क समिति मलेसियाले जिम्मेवारी बाडफाड गरेर चुनाव प्रचार प्रसार अभियान सञ्चालन गरेको हो । नेपालीहरुको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुक मलेसियमा ठूलो संख्यामा नेपालीहरु छन । नवगठित समितका संयोजकहरुले फोन र सामाजिक सञ्जालमार्फत मलेसियाबाट नेपाली कांग्रेसको चुनाव चिन्ह रुखको प्रचार गरी कांग्रेसका उम्मदवार जिताउन सघाउ पुग्ने अध्यक्ष पंगेनीले विश्वास व्यक्त गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *