कोशी प्रदेश

कांग्रेस सुनसारी १ ले दियो संगठन सशक्तिकरण र सुदृढिकरण अभियानलाई तिब्रता

सुनसरी। नेपाली कांग्रेस क्षेत्र नं. १ सुनसरीको क्षेत्रीय कार्यसमितिले वडावडामा पार्टीे संगठन सशक्तिकरण र सुदृढिकरण अभियान सञ्चालन अभियानलाई तिब्रता दिएको छ । हालसम्म धरान उपमहानगरपालिकाको वडा नं. ८, ९, १०, १४, १५, १६, १७, १८, १९ र २० तथा रामधुनी नगरपालिकाको ७ नं. र बराह नगरपालिकाको वडा नं. ३, ४ र ५ मा अभियान सम्पन्न भईसकेको छ । पछिल्लो समय धरान उपमहानगरपालिकाको वडा नं. ६ र ७ मा सम्पन्न भएको छ ।


कांग्रेसको वडावडामा संगठनको क्षमता अभिवृद्धि गरी स्थानीय पार्टी नेतृत्वहरुलाई सांगठानिक, राजनीतिक र सामाजिक गतिविधि गर्न तथा जनमुखी कार्यक्रम गर्न उत्प्रेरित गर्दै समग्र पार्टी संगठनलाई सशक्तिकरण र सुदृढ गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए । फागुन १ गतेदेखि जारी अभियान सुनसरी क्षेत्र नं. १ अन्तर्गत पर्ने सबै वडामा सञ्चालन गरिने बताए । अभियानले पार्टीको केन्द्रीय समितिद्धारा घोषित घरघर जाऔं नेपाली कांग्रेसलाई जिताऔं कार्यक्रमलाई समेत सफल बनाउन मद्दत पुगेको र टोलटोलमा संगठन निर्माण र विस्तार गर्न थप टेवापुगेको बताए ।
धरान ७ मा भएको कार्यक्रममा क्षेत्रीय सचिव महेन्द्र प्रधानले हामीले अब परिक्रमी गणेश प्रवृत्तिलाई होइन परिश्रमी कुमार प्रवृत्तिलाई प्रोत्साहन र मूल्यांकन गर्नुपर्ने बताए ।

क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठले वडा समिति र टोल समितिमा बस्ने सबै पदाधिकारी र सदस्यहरुले आफ्नो कर्तव्य र अधिकार बुझ्नु पर्ने बताउंदै एक अर्कामा सहयोगी भावना हुनुपर्ने बताए । प्रदेश १(क) का सहसचिव रमिता श्रेष्ठले हामीले हाम्रो वडामा १ भोटले चुनाव हार्नुको ीिडावाट मुक्तहुन सबै एक भएर अघि बढ्नुको विकल्प नभएको बताईन । पूर्व वडा सभापति समरकुमार बम्जनले यसपालीको चुनावमा पार्टीवाट जोसुकै उठेपनि हामीले पूरा साथ सहयोग गर्नुपर्ने बताउंदै समय सापेक्ष र सान्दर्भिक कार्यक्रम लिएर क्षेत्रीय नेतृत्वहरु वडामा आएकोमा प्रशंसा व्यक्त गरे । वडा सभापति सुवर्ण मोहन पलिखेले वडाको वलवुताले भ्याएसम्म पार्टी कार्यालय सञ्चाल नगर्ने, टोल कमिटि गठन गर्ने लगायत विभिन्न कार्यक्रमहरु गर्दै आएको र क्षेत्रीय समितिको संगठन सशक्तिकरण र सुदृढिकरण अभियानले थप उर्जा र हौसला मिलेको बताए ।


धरान ६ माभएको कार्यक्रममा क्षेत्रीय सचिव केशव पुरीले हामीले कांग्रेस र कम्युनिष्टको फरक थाहा पाउनुपर्ने बताए । उनले पशुपति शर्माको लुट्न सके लुट कान्छा लुट बोलको गीत र प्रकाश सपुतको पीर बोलको गीत माथि प्रतिबन्ध लगाउने कम्युनिष्टहरु संधै झुटको खेतीगर्ने भएकाले सत्यतथ्य यर्थाथताँंग संधै डराउने गरेको बताए ।


क्षेत्रीय सल्लाहकार कर्णबहादुर कार्कीले वडामै सहमति गरेर उम्मेदवार चयनगर्न सकेमा चुनाव जित्न सहज हुने बताए । नगर सदस्य रुपेश भट्टराईले अन्तरघात भएकै कारण चुनावमा हार व्यहोर्नु परेको भन्दै अब कसैले पनि अन्तरघात गर्न नहुने, स्थानी यतहको चुनावम ाजनताले व्यक्ति समेत हेर्ने भएकाले सही उम्मेदवार समयमै छनौट गर्नुपर्ने बताउंदै आफ्नो नेतृत्वमा ५०÷६० घरलाई कांग्रेस बनाएको बताए ।

नगर सदस्य राम विष्टले प्रशिक्षणका कार्यक्रम राख्नुपर्ने र नेताले नेतालाई होइन कार्यकर्तालाई प्राथमिकता दिनुपर्ने बताए । नगर सल्लाहकार पर्शुराम केसीले क्षेत्रीय समितिले संगठन सशक्तिकरण र सुदृढिकरणका लागि अघि सारेकाबुंदा र अभियानले चुनाव जित्ने आत्मविश्वास बढेर आएको बताउंदै सबै अनुशासित भएर अघि बढ्नुपर्ने बताए । वडा सभापति पदम पौडेलले यसपटक सकेसम्म वडामै सहमति गरेर उम्मेदवार चयनगर्ने र चुनावचिन्ह रुखमा जस्ले चुनाव लड्छ आफ्ना गुनासाहरु भएपनि सबैकुरा विर्सेर जिताउन लाग्नुपर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *