बागमती प्रदेश

भक्तपुर कांग्रेसले गर्‍यो चागुनारायण ७ मा टोल समिति गठन

काठमाडौं।नेपाली कांग्रेसले चागुनारायण ७ मा टोल समिति गठन गरेको छ । भक्तपुर कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाको प्रमुख आतिथ्यतामा टोल समिति गठन भएको हो ।

टोल समिति गठन कार्यक्रममा जिल्ला सह–सचिव यादव अधिकारी, क्षेत्रीय सभापति जीवन खत्री,नगर सभापति शिवहरि केसी,जिल्ला सदस्य अच्युत अधिकारी,उमेश खड्का वडाध्यक्ष ज्ञान बहादुर केसी,पूर्व गाविस अध्यक्ष बिल बहादुल श्रेष्ठका साथै पार्टीका क्षेत्र ,प्रदेश,नगर र वडा स्तरका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो। साबिक ७,८,९ मा क्रमश पुष्कर खड्का, सुन कुमार न्यायजु, आत्माराम काफ्ले को सभापतिमा ३१ सदस्यीय टोल समिति गठन भएको छ ।

कार्यक्रमका प्रमुख वक्ता जिल्ला पार्टी सभापति थापाले कांग्रसको मेरूदण्ड नै टोल समिति भएको बताए । सभापति थापाले ‘घरघर जाऊ कांग्रेस जिताऔ’ अभियानलाई साकार गराउदै कम्युनिष्टको द्वयद चरित्रको पर्दाफास गर्दै एकताबद्ध भएर पार्टी संगठन गतिशील बनाउने कार्यमा लाग्न निर्देशन दिए ।


उक्त कार्यक्रममा क्षेत्रीय सभापति जीवन खत्रीले वडा सभापतिलाई नेपाली कांग्रसको सदस्यता हस्तान्तरण गर्दै सबै वडाहरूमा फागुन मसान्नत भित्र टोल समिति गठन गरि सदस्यता बितरण अभियान संचालन गदै एक घर एक कांग्रेस अभियान चलाउन निर्देशन दिए । आगामी निर्वाचनमा कांग्रेसका पक्षमा जनलहर सिर्जना गर्न सबै सहयोग हुने विश्वास व्यक्त गर्दै कम्युनिष्टको झुटो आश्वसनमा नलाग्न समेत सभापति खत्रीले अग्रह गरे ।


नगर सभापति शिबहरि केसीले स्थानीय सरकारमा नेकपाको कारण नगरपालिकाको बिकासमा अबरोध भएको र नगरपालिकामा बेतिथि, भष्टाचार मौलाएको आरोप लगाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *