राजनीति

देउवासँग दुई विकल्प छन्, एमसीसी त्याग्ने कि, गठबन्धन बचाउने?– शशांक कोइरा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले अमेरिकी सहयोग गरियोजना एमसीसी पारित गराउनु पर्ने बताएका छन् ।

साथै उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग अब एमसीसी त्याग्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेको बताए । साथै एमसीसी पारित भएमा अहिलेको सत्ता गठबन्धन टुट्नेमा दुईमत नरहेको पनि उनले दाबी गरेका छन् ।

‘एमसिसी नेपालको लागि राम्रो हो भन्ने जुन पक्ष छ, यसको विपक्षमा पनि धेरै मान्छेहरु उभिरहेका छन्। हाम्रो अस्तित्व नै डामाडोल हुन्छ, अमेरिकी सेना यहाँ आउँछन् भन्ने हल्ला भएका छन्। ९ वटा मुलुकमा एमसिसी चलिरहेको छ त्यसमा त कोही सेनाहरु परिचालन भएको छैनन्।

त्यसलाई पनि आधार मानेर मलाई के लाग्छ भने एमसिसी हामीले पारित गर्नुपर्छ’, कोइरालाले भने ‘शेरबहादुरजीको अघि दुई उपाय छन्। एउटा एमसिसी पास गराउने हो कि सत्ता नबिग्रियोस् भन्ने हो। यो अप्सन उहाँले नै रोज्नुपर्ने हो। उहाँले कुन रोज्नुहुन्छ। एमसिसी पारित गर्ने हो भने गठबन्धन टुट्न सक्ने देख्छु। गठबन्धनलाई राख्ने हो भने एमसिसी छोड्नुपर्छ। दुई मध्ये एउटा मात्रै हुनसक्छ भन्ने मलाई लागेको छ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *