काठमाडौं । सत्तारुढ दलका बिचमा एमसीसीका विषयमा एकमत हुन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालकोट पुगेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवा एमसीसी सम्झौताका विषयमा छलफल गर्न बालकोट गएका हुन् ।
वालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसीमा सहमती कायम हुन नसकेपछि गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा ओलीलाई भेट्न गएका हुन् ।




