राजनीति

मन्त्रालय विभाजन गरेकोमा पछुतो छैन– मुख्यमन्त्री पाण्डे

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रालय विभाजन गरेकोमा पश्चताप नभएको बताएका छन् ।

पाण्डेको नेतृत्वको प्रदेश सरकार गठनको १०० दिन पूरा भएको अवसरमा भएको पत्रकार सम्मेलनमा उनले सेवा दिनका लागि मन्त्रालयको संख्या बढाएको दाबी गरे । उनले भने,‘ ‘हामीसँग भएका विगतका पुराना मन्त्रालयबाट सेवा दिन केही समस्या भयो । त्यसो भएकाले हामीले सेवा प्रभावकारी बनाउन १४ वटा मन्त्रालय बनाएका छौं ।’

विभाजन गरेका मन्त्रालयले प्रभावकारी काम गरेर केही समयभित्रमा देखाउने भन्दै उनले भने,‘मन्त्रालयको संख्या धेरै भयो भनेर मैले हिच्किचाउनुपर्ने अवस्था छैन ।’

मुख्यमन्त्री बनेपछि पाण्डेले भागबण्डाका लागि सजिलो बनाउन ७ वटा मन्त्रालय फुटाएर १४ वटा पुर्‍याएका छन् । हाल वाग्मती प्रदेशमा १६ सदस्यीय जम्बो मन्त्रिपरिषद् रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *