काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले आगामी निर्वाचनमा प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र कोल्याप्स हुने दाबी गरेका छन् ।
अनेरास्ववियू काभ्रेको २९ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बाँस्कोटाले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई ३ देखि ५ सिटमा सीमित गरिदिने दाबी गरे । ५ सिटमा खुम्चिएपछि माओवादी कोल्याप्स हुने उनको दाबी छ ।
निर्वाचनपछि तीनदेखि पाँच सिटमा सीमित गरेर जनताले खास साइजमा ल्याउँछन्,’ उनले भने,‘त्यसपछि प्रचण्डको पार्टी कोल्याप्स हुन्छ ।’




