मुख्य समाचार

रामचन्द्रकाे गृह जिल्ला तनहुँमा देउवा निकट आले विजयी

काठमाडौं । नेपाली कांग्रेस तनहुँ जिल्ला सभापतिमा जीतप्रकाश आले निर्वाचित भएका छन् । रामचन्द्र पौडेल निकटका बैकुण्ठ न्यौपानलेलाई १ सय ६४ मतले पराजित गर्दै आले विजयी भएका  हुन् । 

देउवा निकट आलेले ९ सय ९ मत पाउँदा न्यौपाने भने ७ सय ४५ मतमा सिमित हुनु परेको छ । न्यौपानेले दोस्रो कार्यकालका लागि सभापतिमा उम्मेदवारी दिए पनि आलेले अन्तत: बाजी मारेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *