लुम्बिनी प्रदेश

प्रदेश प्रमुख कार्यालय पुगेर अष्टलक्ष्मीले बुझाइन् राजीनामापत्र

हेटौंडा ।बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख कार्यालय हेटौँडा पुगेर प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामापत्र बुझाएकी छन्। शाक्यले आज बुधबार प्रदेशसभामा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेकी थिइन्।

उनले संविधानको धारा १६९ को १ (क) बमोजिम मार्गप्रशस्त (राजीनामा) गरेकी हुन्। उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवादसमेत दिइन्।

गत असोज २४ गते विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गर्दा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नबारे शाक्यले आजको प्रदेशसभा बैठकमा उत्तर दिएकी थिइन्।

राजीनामापत्र बुझेसँगै अब प्रदेश प्रमुख यादवचन्द्रले सरकार बनाउनका लागि दलहरूलाई आह्वान गर्नेछन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *