राजनीति

कांग्रेस काठमाडौं महानगरमा शाक्य विजयी

काठमाडौं । नेपाली काँग्रेसको काठमाडौं महानगरपालिका अधिवेशनमा निलकाजी शाक्य विजयी भएका छन् ।

प्रतिद्वन्दी प्रगतिमान रञ्जितलाई पराजित गर्दै शाक्यले महानगर कांग्रेसको नेतृत्व हात पारेका हुन् । शाक्यले ७ सय ९६ मत प्राप्त गर्दा रञ्जितले भने ३ सय २९ मत ल्याएका छन् ।

शाक्य प्यानलबाटै उपसभापतिमा सुशीला ढकाल र सन्तकुमार महर्जन निर्वाचित भएका छन् । भने सचिवमा सुशन वैद्य र पुरुषोत्तम खकुरेल, सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *