काठमाडौं ।नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका ७ वटै पालिकामा नेपाली कांग्रेसको अधिवेशन भएको छ ।
कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत डडेल्धुरामा शनिवार भएका गाउँ/नगर अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।
अधिवेशनबाट परशुराम नगर सभापति भरत जोशी, अमरगढी नगर सभापति खेमराज भट्ट, नवदुर्गा गाउँपालिका सभापतिमा भोजराज भट्ट, अजयमेरु गाउँपालिका सभापतिमा टेकराज पाण्डेय, आलिताल गाउँपालिका सभापति चन्द्रदेव बोहरा, गन्यापधुरा गाउँपालिका सभापतिमा ईन्द्र कार्की र भागेश्वर गाउँपालिका सभापति डम्बरराज जोशी निर्वाचित भएका छन् ।




