राजनीति

बजेट आश्रित विधेयक बिहिबार संसदले पारित गर्ने

काठमाडौं । प्रतिनिधिसभाले विनियोजन विधेयक आश्रीत दुई विधेयक भोलि पारित गर्ने भएको छ ।

एमाले सांसदहरुको अवरोधका बिचमा विनियोजन विधेयक पारित भएको भएपनि आश्रित विधेयकहरु भने बिहिबार मात्रै पारित गर्ने तयारी भएको हो । बिहिबारका लागि सम्भावित कार्यसूचीमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्ने सूची सार्वजनिक गरिएको छ ।

एमालेले निरन्तर संसद अवरोध गर्दै आएको भएपनि सभामुख अग्नि सापकोटाले बैठक भने सञ्चालन गर्दै आएका छन् । बिहिबारको बैठक समेत एमालेले अवरुद्ध गर्ने बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *