काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले तक्मामा भागबण्डा हुन लागेको भन्दै आलोचना गरेका छन् ।
ट्विटरमार्फत उपाध्यक्ष रावलले मन्त्री, राजदूत, संवैधानिक निकाय, विश्वविद्यालय लगायतमा राजनीतिक नियुक्ति गर्दा दलीय भागबण्डा गर्ने गरिएकोमा अब तक्मामा पनि भागबण्डा गर्न थालिएको आरोप लगाएका हुन् ।
लोकलजाको ख्याल गर्न आग्रह गर्दै उनले लेखेका छन्,‘मन्त्री, राजदूत, संवैधानिक निकाय, विश्वविद्यालय लगायतमा राजनीतिक नियुक्ति गर्दा दलीय भागबण्डा, अब आएर राज्यले दिने तक्मामा पनि राजनीतिक भागबण्डा ? यो देश र जनताको फजिती र अधोगतिको मार्ग हो । निर्णयकर्ता हो, देश र जनताप्रति थोरै भएपनि जिम्मेवार होउ र लोकलाज तथा नैतिकताको ख्याल गर ?’




