राजनीति

अष्टलक्ष्मीलाई अझै पनि माधव नेपालको सहयोगको आशा

महोत्तरी । अल्पमतमा परेर मुख्यमन्त्रीको पद गुमाउने चरणमा पुगेकी बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपालको साथ पाउने दाबी गरेकी छन् ।

महोत्तरीको बर्दिबासमा पत्रकारहरुसँग कुरा गर्दै शाक्यले आफू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको भन्दै विश्वासको मत पाउने दाबी गरेकी हुन् ।

बागमती प्रदेशमा आफ्नो सरकार अल्पमतमै रहे पनि एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरुको सहयोगमा केही दिनमै विश्वासको मत पाउनेमा ढुक्क रहेको दाबी समेत गरिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *