काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि गठन भएको समितिको बैठक भोलि बस्ने भएको छ ।
पूर्वमहामन्त्री कृष्ण सिटौला नेतृत्वको विवाद समाधान समितिको बैठक शनिबार दिउँसो १ बजे बस्न लागेको हो । क्रियाशील सदस्यता विवाद समाधान नभएका जिल्लाको सदस्यताका बारेमा छलफल गर्न बैठक बोलाइएको हो ।
यसअघि आज बसेको कांग्रेस शिर्ष नेताहरुको बैठकमा क्रियाशील सदस्यता विवाद समाधानका बारेमा छलफल भएको थियो । कांग्रेसले असोज ५ गते सबै जिल्लामा वडा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । त्यो भन्दा अघि विवाद रहेका जिल्लाको क्रियाशील सदस्यता विवरण सहमतिमै सार्वजनिक गर्ने तयारी कांग्रेसले गरेको छ ।




