काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रमका कारण एमालेमा रहेका मानिसहरु ढिलो चाँडो आफ्नो पार्टीमा आउने बताएका छन् ।
एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा अध्यक्ष नेपालले कतिपय मानिसहरु अल्मलिएर एमालेमै बसेको भएपनि ढिलो चाँडो एकीकृत समाजवादीमा आउने दाबी गरेका हुन् ।
अध्यक्ष नेपालले देशका सबै जिल्लामा नेकपा एकिृकत समाजवादी पार्टी गठनको काम भइरहेको समेत बताएका छन् ।




