काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेटवार्ता गरेका छन् ।
कार्यकर्ता भेलाका लागि झापा हुँदै बुटबल पुगेर आजै साढे ७ बजे काठमाडौ आएका अध्यक्ष ओली बेलुका ८ बजे राष्ट्रपति कार्यालय प्रवेश गरेका थिए ।
अध्यक्ष ओली र राष्ट्रपति भण्डारीका बिचमा २ घण्टा छलफल भएको सुरक्षा स्रोतले जानकारी दिएको छ । अध्यक्ष ओली र राष्ट्रपति भण्डारीका बिचमा भएको भेटवार्ताका क्रममा के विषयमा छलफल भयो भनेर खुलाइएको छैन ।




