बुटवल । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अपहरण गरेको आरोपमा उजुरी परेको छ ।
प्रदेससभाकी सांसद विमला खत्री वलीले आफूलाई अपहरण तथा शरीर बन्धक बनाएको भन्दै पोखरेलसहित ४ जनाविरुद्ध प्रहरीमा निवेदन दिएकी हुन् ।
गत साउन १ गते दाङबाट बुटबल ल्याएर तत्कालिन मुख्यमन्त्री रहेका पोखरेलले आफुलाई बन्धक बनाएको आरोपसहित सांसद वलीले इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएकी हुन् । इलाका प्रहरी कार्यालय बुटबलले घटनास्थल दाङ भएकोले दाङबाटै निवेदनको प्रक्रिया अगाडि बढाउने बताएको छ ।




