काठमाडौं । नेकपा एमालेका नेता लेखराज भट्टले एमालेको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताएका छन् ।
उपाध्यक्ष भीम रावलले आफु इन्चार्ज रहेको भनिरहेका बेला नेता भट्टले कञ्चनपुरको महेन्द्रनगरमा पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले एकताका लागि जिम्मेवारी बाँडफाँट गरेर आफूलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको दाबी गरेका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमको इन्चार्जमा आफूलाई, अध्यक्षमा कर्ण थापा र उपाध्यक्षको हैसियतमा भीम रावललाई सहजीकरण कार्यदलको नेतृत्व गर्दै तलका समस्या समाधान गर्ने भनेको समेत दाबी गरे ।




