लुम्बिनी प्रदेश

ओली बुटवल आउनेभएपछि लुम्बिनी प्रदेशसभाको बुधबारको बैठक स्थगित

बुटवल । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई फकाउन लुम्बिनी प्रदेशसभाको बुधबारको भदौं ३० गते बुधबारका लागि बोलाइएको बैठक स्थगित गरिएको छ ।

एमालेले भदौ १ गतेदेखि नै सदन अवरुद्ध तथा बहिष्कार गर्दै आएका कारण सत्ता गठबन्धनलाई कार्यसूचि अगाडि बढाउन समस्या पर्दै आएको समयमा बुधबारका लागि बोलाइएको प्रदेशसभा एमालेको रूपन्देही अगुवा कार्यकर्ता भेलामा अध्यक्ष केपी ओली आउने भएपछि स्थगित गरिएको हो ।

प्रदेश सभाको बैठक भदौ ३१ गते बिहिबार दिनको १ बजे बस्ने प्रदेश सभा सचिवालयले सूचना जारी गरेर जनाएको छ ।

‘भाद्र ३० गते बुधबार दिनको १ बजे बस्ने गरी पूर्व सूचना अनुसार निर्धारित नवौं अधिवेशनको पाँचौं बैठक माननीय सभामुखज्यूको निर्देशानुसार मिति २०७८ साल भाद्र ३१ गते बिहिबार दिनको १ बजे बस्ने गरी तय भएको व्यहोरा प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम माननीय सदस्यज्यूहरुको जानकारीको लागि अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ ।

एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले आफ्नो पार्टीको कार्यक्रम भएको सत्तारूढ दलका सचेतकहरूलाई जानकारी दिएको बताए ।

सदन चलेपनि एमालेले पूर्ववत निर्णय गरि पठाएका दुई सांसदलाई कारबाही नगर्दासम्म अगाडि बढ्न नदिने बताए । कांग्रेस प्रमुख सचेतक फखरूद्दिन खानले एमालेको विशेष कार्यक्रम भएकाले बुधबारको बैठक सार्ने सहमति भएको जनाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *