काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी ओलीसँग पार्टी एकता गरेर आफुले ज्ञान प्राप्त गरेको बताएका छन् ।
केन्द्रीय सदस्य परशुराम तामाङको ‘नेपाली कम्युनिस्टको कार्यदिशा’ पुस्तक विमोचन गर्दै उनले पार्टी एकता गरेपछि ज्ञान पाएको बताएका हुन् ।
प्रचण्डले आफू कम्युनिस्ट आन्दोलनको पाठशाला भएको दाबी समेत गरे ।




