राजनीति

एमालेलाई वार्तामा आउन गृहमन्त्री खाँणको आग्रह

काठमाडौं । संसदमा निरन्तर अवरोध गर्दै आएको एमालेलाई वार्तामा आउन गृहमन्त्री बालकृष्ण खाँणले आग्रह गरेका छन् ।

मन्त्री खाँणले संवाद, छलफल र वार्ताको माध्यामबाट संसदमा देखिएको समस्या समाधानका लागि वार्तामा आउन एमालेलाई आग्रह गरेका हुन् ।

संसद भवनमा पत्रकारहरुसँगको कुराकानीका क्रममा मन्त्री खाँणले एमालेले उठाएको प्रश्नका बारेमा छलफलका माध्यमबाट समस्या समाधान हुने विश्वास व्यक्त गरे । संसदमा देखिएको गतिरोध अन्त्यका लागि सभामुख अग्नि सापकोटाले भोलि दिउँसोका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *