काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालको हितमा नभए एमसीसी अस्वीकार गर्ने बताएका छन् ।
नेपालगञ्जमा भएको कार्यक्रममा अध्यक्ष नेपालले एमसीसी र इण्डोप्यासिफिक रणनीतिबारे स्पष्ट भएपछि मात्रै एमसीसीका बारेमा छलफल गर्न सकिने बताएका छन् ।
उनले भने,’एमसीसीमा भएका बुँदाहरू प्रष्ट हुनुपर्छ । मैले परियोजनाकी उपाध्यक्ष फातिमा सुमारलाई पनि त्यही सुझाव दिएको छु । नेपालको स्वाभिमान कायम हुने गरी जवाफ आए मात्र त्यस विषयमा छलफल गर्न सकिन्छ ।’




