काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टीको केन्द्रीय कमिटिको बैठक आगामी मंगलबार बस्ने भएको छ ।
प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार मंगलबार बस्ने केन्द्रीय कमिटिको बैठकमा बैठकमा पार्टी संरचना निर्माणसँगै अन्य राजनीतिक विषयमा समेत छलफल हुनेछ ।
नेकपा एकिकृत समाजवादी दलको केही समय अघि बसेको स्थायी कमिटिको बैठकले ७ वटै प्रदेशको इन्चार्ज तोक्ने निर्णय गरेको थियो । त्यसबाहेक अन्तरिम सचिवालय समेत गठन गरेको नेकपा एकिकृत समाजवादी दलको केन्द्रीय कमिटिको बैठकमा सरकारमा सहभागी हुने लगाएतका बारेमा छलफल हुने जनाइएको छ ।




