काठमाडौं । कांग्रेस महामन्त्री डाक्टर शशांक कोइरालाले आगामी महाविधेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
गृहजिल्ला नवलपुर पुगेका महामन्त्री कोइरालाले कांग्रेस देवचुली नगरपालिकाको पार्टी कार्यालय उद्घाटन गर्दै आफ्नो उम्मेदवारी सभापति पदमा कायम रहने घोषणा गरेका हुन् ।
’गिरिजा बाबुले जसरी बिराटनगर गएर आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको थियो, मैले पनि मेरो गृह जिल्ला नवलपुर आएर आज सभापति पदको लागि उम्मेदवारी घोषणा गर्दछु ।’ उनले भने ।
उनले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्नुपर्ने आफ्नो धारणा रहेको भन्दै सहमति हुन नसके निर्वाचनबाट भएपनि नेतृत्व चयन हुनुपर्ने उनले बताए । उनले आगामी संसदीय चुनावमा नवलपरासी निर्वाचन क्षेत्र नम्बर एकबाटै निर्वाचन लड्ने समेत घोषणा गरेका छन् ।




