राजनीति

सभापति देउवाद्वारा संयोजक यादवको राजीनामा अस्वीकृत

काठमाडौँ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको राजीनामा अस्वीकृत गरेका छन् ।

कांग्रेस सभापति देउवाले यादवले दिएको राजीनामा अस्वीकृत गरेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । साथै देउवाले यादवलाई महाधिवेशनसम्बन्धी बाँकी काममा लाग्न आग्रह समेत गरेका छन् ।

यादवले गत २३ भदौमा सभापति देउवालाई राजीनामा बुझाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *