काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समिति सचिवालयको बैठकले एमसीसीविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
आज बसेको सचिवालयको बैठकले प्रदर्शन गर्ने निर्णय गरेको जनाइएको छ । आजको बैठकबारे जानकारी दिन शनिबार पत्रकार सम्मेलनको आयोजना गर्ने र आगामी २८ गते एमसीसी विरुद्धहुने विरोध प्रदर्शनको तयारी समेत गर्ने निर्णय गरेको छ ।




