राजनीति

दुई नम्बर प्रदेशका १३ सांसदलाई नेकपा (एस) को मान्यता

काठमाडौं । प्रदेश नम्बर दुईका नेकपा एमालेका १३ जना प्रदेशसभा सदस्यलाई निर्वाचन आयोगले नयाँ दलको सदस्यको मान्यता दिएको छ ।

एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका १३ प्रदेशसभा सदस्यहरुलाई निर्वाचन आयोगले नयाँ दलको सांसदका रुपमा मान्यता दिएको हो ।

प्रदेशसभा सदस्य गोविन्दबहादुर न्यौपाने, मदन सेन प्रसाद श्रीवास्तव, प्रमोदकुमार यादव, बेची लुंगेली, नागेन्द्र राय यादव, मन्जुकुमारी यादव, शत्रुधन महतो, रविन्द्र बैठा धोबी, अशोककुमार यादप, हसिमा खातुन, सुन्दरबहादुर विश्वकर्मा, सिता गुरुङ र डिल्लीप्रसाद उप्रेतीलाई आयोगले नेकपा एकिकृत समाजवादी दलको सांसदको मान्यता दिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *