काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले माधवकुमार नेपाललाई एमालेले कारबाही गरेको सूचना सभामुखले प्रकासन नगरेर गल्ती गरेको बताएका छन् ।
संसद बैठक अवरुद्ध गरेर स्थगित भएपछि संसद परिसरमा पत्रकारहरुसँगको कुराकानीमा सचिव भथराईले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका निर्वाह नगरेका कारण आफ्नो दलले विरोध गर्नु परेको बताएका हुन् । सचिव भट्टराईले दलले ह्वीप जारी गरेर निष्कासन गरेका आफ्ना दलका सांसदहरूलाई कारबाहीको सूचना जारी नगरेर सभामुख अग्नि सापकोटाले आफ्नो दललाई फुटाउन सघाउ पु¥याएको आरोप समेत लगाएका छन् ।
उनले भने, ‘सभामुखले निष्पक्ष खालको व्यवहार नगरेको हाम्रो टिप्पणी छ । एउटै केशका विभिन्न दलहरूलाई विभिन्न ढङ्गले ट्रिट गर्नु भएको छ । संसदीय व्यवस्थामा पार्टी नै प्रदान हुन्छ । पार्टीका सांसदहरूलाई पार्टीको अनुशासन हुन्छ । त्यो अनुशासन उल्ल्घंन भयो भने, ह्वीप उल्ल्घंन भयो भने कारबाहीको सूचना दिन्छ । त्यो सूचनालाई जारी गर्न सभामुखले निष्पक्ष भूमिका खेल्नु भएन ।’
सचिव भट्टराई यसअघि माधवकुमार नेपाल समुहमा रहेका थिए । तर अन्तिममा नेता नेपाललाई छाडेर अध्यक्ष ओलीतिर लागेका थिए ।




