राजनीति

प्रतिपक्षसँग मिलेर संसद चलाउनुपर्ने प्रधानमन्त्रीको भनाई

काठमाडौं । एमालेले संसद बैठक अवरुद्ध गरेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर संसद चलाउनुपर्ने बताएका छन् ।

आज बसेको सत्तारुढ दलका शिर्ष नेताहरुका बिचमा भएको छलफलमा प्रधानमन्त्री देउवाले सत्तापक्ष र विपक्षी सबै मिलेर संसद चलाउनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले विधि, प्रक्रिया र प्रणालीमा सहमति गरेर अघि बढ्न र संसद सञ्चालनलाई सहज बनाउन भूमिका खेल्नका लागि सत्तागठबन्धनका नेताहरूलाई आग्रह समेत गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *