काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमसीसीबारे अमेरिकाले दिएको जवाफ एमसीसी अनुमोदनको षड्यन्त्र भएको आरोप लगाएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पारित गर्नुपर्ने अडान केही समयअघिसम्म राखेको भएपनि उपाध्यक्ष रावलले भने एमसीसीको विरोध गर्दै आएका छन् । उनले नेपाल सरकार पठाएको प्रश्न र त्यसको अमेरिकाले दिएको जवाफमा समेत आशंका व्यक्त गरेका छन् ।
‘नेपाल सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढियो। यी दुबै पत्रहरू जनतालाई झुक्याएर सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्रकै उपज हुन्।यी दुबै पत्रले नेपालको सार्वभौमिकता,स्वाधीनता,सुरक्षा, हित,संविधान र कानून विपरीत सम्झौतामा रहेका प्रावधानलाई संशोधन गर्दैन ।’ उनले भनेका छन् ।
नेपाल सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढियो। यी दुबै पत्रहरू जनतालाई झुक्याएर सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्रकै उपज हुन्।यी दुबै पत्रले नेपालको सार्वभौमिकता,स्वाधीनता,सुरक्षा, हित,संविधान र कानून विपरीत सम्झौतामा रहेका प्रावधानलाई संशोधन गर्दैन।
— Dr. Bhim Rawal (@BhimRawal179) September 8, 2021
रावलले एमसीसी सम्झौता देशको हितमा नरहेको दाबी गर्दै आएका छन् ।




