राजनीति

एकीकृत समाजवादीमा खुलेकी माया ज्ञवाली एमाले संसदीय दलको बैठकमा

काठमाडौँ । नेकपा (एमाले)को आज बसेको संसदीय दलको बैठकमा नेकपा (एकीकृत समाजवादी)मा सनाखत गर्न गएकी सांसद् माया ज्ञवाली पनि उपस्थित भएकी छन् । उनी नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख स्व.जीवराज आश्रितकी धर्मपत्नी हुन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा संसदीय दलको बैठक बसिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *