राजनीति

ओलीको आरोप- सभामुख एमाले सिध्याउन खाेज्नेकाे मतियार बने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटामाथि गम्भीर आरोप लगाएका छन् ।

एमाले संसदीय दलको जारी बैठकलाई सम्बोधन गर्दै ओलीले सभामुख सापकाेटा एमाले सिध्याउन खाेज्नेहरूको मतियार बनेको बताए । एमालेले आफ्ना १४ जना सांसदमाथि कारबाही गरेको पत्र बुझाउँदासमेत सभामुख सापकोटाले सूचना जारी नगरेर एमाले सिध्याउनेहरूको मतियार बनेको ओलीको भनाइ छ ।

एमालेले कारबाही गरिसकेको नेताहरूलाई निर्वाचन आयोगलेसमेत सनाखत गराएको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *