राजनीति

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

नयाँ बानेश्वरस्थित संघीय संसदको हलमा आज दिउँसो २ बजे कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको संसदीय दलका सचेतक पुष्पा भुषालले जानकारी दिइन् ।

बैठकमा बुधबार (भोलि) बस्न लागेको संसद अधिवेशन, बजेट, अध्यादेशलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते बुधबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशनको आव्हान गरेकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *