राजनीति

माधव नेपाल विकाउ र लोभी भएको एमाले अध्यक्ष ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब पार्टी कसैले फुटाउन नसक्ने खालको बनाउने दाबी गरेका छन् ।

सोमबार युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले केही लोभीहरुले एमाले छाडेर गएको भन्दै उनीहरु विकाउ बनेको आरोप समेत लगाए ।

‘अबको एमाले तोड्दा नतोडिने, फोड्दा नपाmेडिने, भत्काउदा नभत्किने, देश बनाउने संकल्प बोकेको पार्टी हुन्छ ।’ अध्यक्ष ओलीले भने ।

नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै अध्यक्ष ओलीले भने,‘विकाउ मान्छे देखेर म त हैरान भएँ । मन्त्री दिन्छौ कि उता जाउँ भन्छन्, स्याल पालेर के काम लाग्छ ? स्याल पाल्यो खाली दानापानीको नास ।’

उनले सभामुख अग्नि सापकोटाको भूमिका स्वतन्त्र हुन नसकेको भन्दै बुधबार बस्ने संसद बैठकमा त्यसबारेमा प्रश्न उठ्ने समेत बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *