काठमाडौं । नेपाली कांग्रेसले मंगलबार संसदीय दलको बैठक बोलाएको छ ।
आगामी बुधबार बोलाइएको संघीय संसदको अधिवेशनको एजेण्डाका बारेमा छलफल गर्न मंगलबार दलको बैठक बोलाइएको सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।
मंगलबार दिउँसो २ बजे बस्ने संसद भवनको ल्होत्से हलमा बैठक बस्ने बैठकमा संसद अधिवेशनमा कांग्रेसले खेल्नुपर्ने भूमिका बारेमा छलफल हुनेछ ।




