राजनीति

तरुण दल अध्यक्ष बस्नेतद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार ललितपुरमा आयोजित वडा अधिवेशनमा अध्यक्ष बस्नेतले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

अध्यक्ष बस्नेत विद्यार्थी राजनीतिबाट तरुण दलमा आइपुगेका हुन् । उनले तरुण दलको एक कार्यकाल विवादरहित र सफलतापूर्वक सञ्चालन गरिरहेका छन् । अब तरुण राजनीतिबाट माथि उठेर पार्टीको केन्द्रीय समितिमा जाने उनले कार्यक्रममा बताए ।

पार्टीको हरेक समस्यामा समन्वयकारी भूमिका निर्वाह गर्दै आएका अध्यक्ष बस्नेतले युवामाँझ लोकप्रिय नेताको परिचय बनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *